×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपति आर्यघाटमा २५ जनाभन्दा बढी मलामी आउन नपाइने, भोलिदेखि आरती पनि नहुने…

PRIME CA

पशुपति आर्यघाटमा २५ जनाभन्दा बढी मलामी आउन नपाइने, भोलिदेखि आरती पनि नहुने…

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले पशुपति आर्यघाटमा सकेसम्म २५ जनाभन्दा बढी मलामी नआउन अनुरोध गरेको छ ।सरकारले एकै ठाउँमा २५ जनाभन्दा बढी भेलामा प्रतिबन्ध लगाएसँगै पशुपति आर्यघाटमा सकेसम्म २५ जनाभन्दा बढी मलामी नआउन अनुरोध गरेको हो । सरकारको निर्णयलाइ ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो । 
कोषका सदस्य सचिव प्रदीप ढकालले यसको लागि घाटमा सूचना दिइसकिएको जानकारी दिए । नियमित नित्य पूजा नियमित चलिरहन्छ, तर बाहिरको पशुपति आरती भने भोलिदेखि बन्द हुने पनि उनले बताए । कोषका कार्यकारी निर्देशक डा. घनाश्याम खतिवडाका अनुसार मन्दिर क्षेत्रभित्र प्रवेश गर्ने यात्रुलाई हात धोएर मात्रै जाने व्यवस्था गरिएको छ । साथै पूजाअर्चनामा पनि विशेष सतर्कता बढाइएको छ । त्यसैगरी घाट र विद्युतीय शवदाह गृहको सरसफाइलाई पनि ध्यान पुर्‍याइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: