
काठमाडौं – गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ हुने बिदाको सूची निकालेको छ । सूचीअनुसार सालमा ६४ दिन सार्वजनिक बिदा हुने भएको छ । उक्त सूचीअनुसार वर्षभरीमा ५२ वटा शनिबार सार्वजनिक बिदा हुनेछ ।
सूची अनुसार २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ भने तिहार भने मंसिर १ गते परेको छ । दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म ५ दिन पाइने छ । दशैंपछि आउने भाइटीका भने मंसिर महिनाको १ गतेमा परेको छ । सरकारले कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिनेछ । यस्तै कात्तिक २९ गते लक्ष्मी पूजाको दिनमा रहेको छ । ३० गते आइतबार म्हपूजा र मंसिर १ गते सोमबार गोबद्र्धन पूजा, भाइटीका र नेपाल सम्वतको नयाँ वर्ष एकैदिन परेको छ ।
२०७७ सालमा मलमास परेकाले चाडपर्व पछि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समिति जानकारी दिएको छ । यता २०७६ सालमा दशैंको टीका असोज २१ गते र तिहारको भाइटीका कात्तिक १२ गते परेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्