
काठमाडौँ – नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने संकेत देखिएको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै नेपाली बजारमा पनि उक्त मूल्य घट्ने संकेत देखिएको हो। सोहि अनुसार नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य घट्न सक्ने बताएको छ।
निगमका अनुसार विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ र नेपालमा अहिले चलिरहेको मुल्यमा समायोजन हुने सक्नेछ। यसो त कतारले पनि एकतर्फी रुपमा कच्चा तेलको मूल्य घटाएको छ। त्योसँगै विश्व बजारमा तेलको मूल्य घटिरहेको छ । विश्व बजारमा कच्चा तेलको मूल्य एकैदिनमा ३० प्रतिशतले कमी आएको छ ।
भारतमा सोमबारसम्म लगातार छैठौँ दिन पनि तेलको मूल्य घटिरहेको छ । भारतीय आयल कर्पोरेशनले हरेक महिनाको १/१५ तारिखमा नयाँ मूल्य सूची पठाउँदै आएको छ । मार्चको १५ तारिखसम्म पनि भारतीय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागिरहे नेपाललमा घटेर नयाँ मूल्य सूची आउनेछ । १५ तारिखसम्म मूल्य मूल्य बढे नेपाली बजारमा तेलको मूल्य घटबढ नहुन पनि सक्नेछ ।
यता कतिपयले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नुलाई कोरोनाको प्रभावको मानेका छन्। तर पछिल्ला दिनहरुमा नेपालसहित विश्व बजारका अर्थतन्त्र धान्ने महत्वपूर्ण सूचकहरुनै निकै कमजोर देखिएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्