×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरामा ‘कोरोना’ प्रभाव : फाट्टफुट्टमात्र देखिन थाले विदेशी पर्यटक (फोटो कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पोखरामा ‘कोरोना’ प्रभाव : फाट्टफुट्टमात्र देखिन थाले विदेशी पर्यटक (फोटो कथा)

Artha Sarokar

१८ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा । आज पनि विदेशी पर्यटकले नेपाल घुम्न आउने तालिकामा नछुटाउने गन्तब्य हो – पोखरा । पोखरा र पर्यटन पर्यायकै रुपमा छन् । तर त्यहि पोखरामा आजकल भ्रमणका लागि आउने पर्यटकहरुको संख्या निकै कम छ । त्यसमाथि पनि विदेशी पर्यटकको संख्या त झन् कम भएको छ । र त आजकल पोखरा वरपर विदेशीभन्दा बढी नेपाली पर्यटक बढी देखिन्छन् । होटलहरु ‘सुख्खाराम’ भएका छन् । गाइडहरु ‘भुक्काराम’ भएका छन् । व्यापार अचाक्ली घटेको छ । होटलहरु सुनसान छन् ।  
शुक्रबार हामी पोखरामा पर्यटक कतिको छन् भनेर डुल्न हिड्यौं । साँझको समयमा पोखरामा पहिलाको जस्तो रौनक थिएन । रात  छिप्पीदै जाँदा गज्जबसँग जम्ने पोखरामा पूरानो उल्लास छैन । रातको समयमा पनि सुन्दर पोखरामा विदेशी पर्यटक छैनन् । शनिबार पनि स्थिति उस्तै देखियो । बरु नेपाली पर्यटक देखिए, विदेशी निकै कम भेटिए । धेरैले यसलाई कोरोनाको प्रभाव भनेका छन् । तर कतै न कतै नीतिगत समस्याका कारण पनि पोखराको पर्यटन खस्किएको धेरैको विश्लेषण छ ।
जे भएपनि नेपालको पर्यटनको महत्वपूर्ण हिस्साको रुपमा रहेको पोखराको यो हविगत सुधार्न सरकारले समयमा नै सोच्न जरुरी छ । पोखराबाट जर्नालिष्ट साथी रेखा चन्द र सुरज प्याकुरेलको रिपोर्ट   
तस्विरमा हेर्नुहोस् खस्किएको पोखराको व्यापार :          

   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी