Skip to content
LAXMI SUNRISE BANK

आजबाट कतारका लागि श्रम स्वीकृति दिन बन्द, नेपालस्थित कतार भिसा सेन्टरको सेवा पनि बन्द

अर्थ सरोकार

काठमाडौं । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएपछि नेपाल सरकारले कतारका लागि श्रम स्वीकृति बन्द गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कतारको निर्णय अनुरुप कामदारलाई श्रम स्वीकृति दिन बन्द गरिएको बताए। 
फागुन १६ देखि फागुन २६ गतेसम्म विभागबाट कतार जानका लागि ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । सोही अनुरुप करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृतिपछि पनि कतार जान रोकिएको अनुमान छ ।
सरकारले श्रम स्वीकृति दिन बन्द गरेसँगै नेपालस्थित कतार भिसा सेन्टरको सेवा पनि बन्द भएको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK