×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीसहित १८ सांसद मंगलबार राष्ट्रियसभाबाट बाहिरिँदै, सेयर बजारमा कस्तो प्रभाव पर्ला ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थमन्त्रीसहित १८ सांसद मंगलबार राष्ट्रियसभाबाट बाहिरिँदै, सेयर बजारमा कस्तो प्रभाव पर्ला ?

Artha Sarokar

२० फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौ । राष्ट्रियसभाका १८ सांसदहरु मंगलबार (आज) बाट दुई वर्षे कार्यकल पूरा गरी बिदा हुने भएका छन्। अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल पनि आजबाटै सकिँदैछ । १८ जनाको स्थानमा गत माघ ९ गते नै निर्वाचन भएर नयाँ सांसदका रुपमा नेताहरु चयन भईसकेका छन् । उनीहरुको भोली बिहान ११ बजे संसद भवनमा सपथ ग्रहणको कार्यक्रम राखिएको बताइएको छ । 
दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली रहेका छन् भने राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिएको छ। 
यस्तै नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिएको छ। अर्का सांसद दुर्गाप्रसाद उपाध्यायको भने निधन भइसकेको छ ।
५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसले १३ सिट पाएको थियो । जसमा चिठ्ठा तान्दा ७ जना कांग्रेस सांसद दुईवर्षे कार्यकालमा परेका थिए । मंगलबारनै राष्ट्रिय सभा वैठकमा बिदाई हुन लागेका सांसदहरुलाई मन्तब्य राख्न दिने तयारी राष्ट्रिय सभाले गरेको छ । 
यसो हुँदा ‘सेयर बजारमा कस्तो प्रभाव पर्ला ?’ भन्ने प्रश्न चौतर्फी चर्चाको विषय बनेको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी