×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाचार प्रभाव : एनएमबि बैंकले गल्ती सच्यायो, एटिएम बुथमा सूचना टाँस्यो, सेनिटाईजर र गार्ड राख्यो (फोटो फिचर)

PRIME CA

समाचार प्रभाव : एनएमबि बैंकले गल्ती सच्यायो, एटिएम बुथमा सूचना टाँस्यो, सेनिटाईजर र गार्ड राख्यो (फोटो फिचर)

अर्थ सरोकार

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार

कपिलबस्तु । कोरोनाको त्रासका कारण देश भर लकडाउन हुँदा कपिलबस्तुमा एनएमबि बैंकले लापरवाही गर्दा कोरोनाको सन्त्रास बढेको खबर अर्थ सरोकार डटकमले प्रकाशन गरेपछि एन एमबि बैंकले आफ्नो गल्ती सच्याएको छ । अर्थ सरोकारले एकैपटक एटि एममा दुइजना पसेको, सूचना नभएको, सेनिटाईजर र गार्डको व्यवस्था नभएको समाचार सम्प्रेषण गरेपछि बैंकले आज सबै गल्तीहरुलाई सच्याएर कोरोना प्रकोपमा जिम्मेवार बनेको उदाहरण देखाएको छ ।
समाचार प्रकाशनपछि अर्थ सरोकारको सम्पर्कमा आएका बैंकका प्रदेश नम्बर ५ प्रमुख सुरेन्द्र महर्जनले आफुहरुले गल्ती महसुस गरेको भन्दै शनिबार सेनिटाईजर र सूचना राख्ने प्रतिबद्धता जनाएका थिए । उनले आफुले गरेको प्रतिबद्धता अनुसार सबै काम गरेका छन् ।  
हिजोसम्म एनएमबि बैंकले एटिएम बुथमा सुरक्षा गार्ड नराख्दा एकैपटक दुइ वा सोभन्दा बढी व्यक्तिहरु पनि साना साना बुथमा छिरिरहेको देखिन्थ्यो । यसकारण त्यहाँ उच्च जोखिमथियो । हिजोसम्म न  सरसफाईको प्रबन्ध मिलाइएको थियो, न सेनिटाईजरराखिएको थियो । यस्ता एटि एम खोल्नुभन्दा बन्द गर्नु जाति हुने स्थानीयहरुको भनाइ थियो । तर यहिबारे समाचार प्रकाशन भएपछि अहिले स्थिति फेरिएको छ । 
हेर्नुहोस् अर्थ सरोकार समाचारपछि परिवर्तन भएको एनएमबिको एटिएम बुथको माहोल:




Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: