Skip to content
LAXMI SUNRISE BANK

कोरोनाको त्रास : विद्यालयमा सभा, समारोह र वार्षिकउत्सव नगर्न सरकारको आग्रह, परीक्षा चैत ५ गतेभित्र सक्नुपर्ने

अर्थ सरोकार

काठमाडौं । सरकारले विद्यालयहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कोरोना भाइरस विश्वभर तीव्र रुपमा फैलिएसँगै सरकारले यस्तो आग्रह गरेको हो।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको हो । सरकारले विद्यालयहरुमा सभा, समारोह र वार्षिकउत्सव नगर्न आग्रह गरेको हो।  सरकारले यस्तो आग्रहसँगै अब कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्नुपर्नेछ।
यता सरकारले नेपाल भ्रमण वर्ष २०२० पनि स्थगित गरेको छ। यस्तै नेपाल भित्रिने विभिन्न मुलुकका विमानमा प्रतिबन्ध लगाइएको छ। चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK