
काठमाडौं । सरकारले विद्यालयहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कोरोना भाइरस विश्वभर तीव्र रुपमा फैलिएसँगै सरकारले यस्तो आग्रह गरेको हो।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको हो । सरकारले विद्यालयहरुमा सभा, समारोह र वार्षिकउत्सव नगर्न आग्रह गरेको हो। सरकारले यस्तो आग्रहसँगै अब कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्नुपर्नेछ।
यता सरकारले नेपाल भ्रमण वर्ष २०२० पनि स्थगित गरेको छ। यस्तै नेपाल भित्रिने विभिन्न मुलुकका विमानमा प्रतिबन्ध लगाइएको छ। चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्