Skip to content
LAXMI SUNRISE BANK

पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने विशेष अदालतको फैसला, ५ वर्ष जेल सजाय पनि हुने

अर्थ सरोकार

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । अदालतले उक्त फैसला बिहीबार गरेको हो। विशेष अदालतलका न्यायाधीशहरु कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इजलासले जरिवानासहित उक्त फैसला गरेको हो ।
अदालतले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको हुनाले साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजाय हुने फैसला गरेको हो। 
पूर्वमन्त्री साहसहितलाई प्रतिवादी बनाई सम्पत्ति शुद्धीकरण विभागले २०७४ साल चैत १६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विभागले साहद्वारा १४ करोड २५ लाख रुपियाँ बिगो कायम गरेको थियो। सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनमा बिगोको दोब्बर जरिवाना हुने प्रावधान रहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK