
काठमाडौँ । ट्याक्सी व्यवसायीहरुले पठाओ र टुटल रोक्न माग गरेका छन् । उनीहरुले मन्त्रीलाई बुधबार भेटेर यस्तो माग राखेका हुन् । मन्त्रीसँगको भेटमा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज र अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समितिले बुधबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री नेम्वाङ्गलाई भेटी ६ बुँदे ध्यानाकर्षण पत्र बुझाउदै आफ्ना मागको तत्काल सम्बोधन नभए संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।

विभिन्न विद्युतिय माध्यम तथा आफुखुसी भाडा तोकी निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनले सार्वजनिक सवारीको काम गरी प्रत्यक्ष रुपमा ट्याक्सी व्यवसाय र अप्रत्यक्ष रुपमा सम्पुर्ण सार्वजनिक यातायतलाई नै धरासायी बनाएको र सो सन्दर्भमा सम्मानित उच्च अदालत पाटनबाट परमादेश समेत जारी भएको तर कार्यान्वयन नहुँदा ट्याक्सी व्यवसाय तथा चालक मजदुरसंग दैनिकजसो झडप श्रृजना भएको र भविश्यमा हुने जटिल दुर्घटना रोक्नका लागि ऐन बमोजिम तत्काल नियमन गर्न पनि व्यवसायीले माग गरेका छन्।

व्यवसायीले २०६९ साल देखि कायम हुनुपर्ने बैज्ञानिक भाडा समायोजन, उपत्यका भित्र सडकको पुर्वाधार, ट्राफिक व्यवस्थापनको अवस्था र अपर्याप्त ट्याक्सी स्ट्याण्ड र ट्याक्सी चालकको समयलाई मध्यनजर गरी बैज्ञानिक फ्ल्याग डाउन समायोजन गर्न, ट्याक्सी व्यवसायीको लगानीको सुरक्षा, चालको शान्ति सुरक्षा, वर्तमान ट्याक्सी संख्याको अनुपातमा ट्याक्सी स्ट्याण्डको व्यवस्थापन गर्न पनि माग गरेका छन् ।
यसरी धम्की दिएको केहि समयभित्रै सरकारले टुटल र पठाओ रोक्न आदेशको आशयको सुचना निकाल्यो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्