
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार उनीहलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चावहिल र गौशालाबाट नियन्त्रणमा लिइएको हो ।
ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा आएको गुनासोका आधारमा सहज र सुरक्षित यात्राका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रु बनेर स्टिङ अपरेशन चलाएको थियो । सोही क्रममा आइतबार २० जनालाई पक्राउ गरिएको हो ।