×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ एयरलाइन्सको उडान रोकिने, यी हुन् उडान रोक्ने कम्पनीहरु…

PRIME CA
GLOBAL IME BANK

१५ एयरलाइन्सको उडान रोकिने, यी हुन् उडान रोक्ने कम्पनीहरु…

६ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले विदेशी नागरिकको आगमनमा थप कडाइ गर्ने निर्णय गरेसँगै नेपालमा उडान गर्दै आएका १५ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान शुक्रबार मध्यरातिदेखि रोकिने भएको छ । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार युरोपका सबै मुलुकबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएपटि उडान रोकिन लागेको हो । 
हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २६ वटा विदेशी र तीन वटा नेपाली गरी २९ वटा एयरलाइन्सले उडान गर्दै आएका छन् । यो विमानस्थल विहान ६ बजेदेखि मध्यराति ३ बजेसम्म संचालन हुँदै आएको छ ।
आवागमनमा सरकारले दोस्रोपटक गरेको कडाइसँगै एयर अरेबिया, फ्लाई दुबई, यूएईको इत्तिहाद एयरवेज, जजिरा एयरवेज, ओमन एयर, सलाम एयर र कतार एयरवेजको उडान रोकिने भएको छ । युरोप जोड्ने टर्किज एयरलाइन्स तथा पूर्वी एसियाबाट काठमाडौं आउने हङकङको क्याँथे ड्रागन, दक्षिण कोरियाको कोरियन एयर, मलेसियाको मलेसियन एयरलाइन्स मालिन्दो एयरको पनि शनिबार विहानदेखि उडान रोकिने भएको छ । त्यस्तै मध्यपूर्वका उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान पनि रोकिने छन् । – कान्तिपुर दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: