
काठमाडौँ – टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानले कोरोना भाइरससँग लड्नका लागि आफ्नो ७ महिनाको तलब दान गर्ने घोषणा गरेका छन् । उनले सोमबार राष्ट्रिय एकता अभियान सार्वजनिक गर्दै यस्तो घोषणा गरेको सरकारी समाचार एजेन्सी एनादोलुले बतायो ।
‘म आफ्नो सात महिनाको तलब दान दिएर यो अभियानको सुरुवात गर्दैछु,’ उनले भने ।यो अभियानमा मन्त्रीपरिषदका सदस्य र सांसदहरुले ७ लाख ९१ हजार डलर दान दिइसकेको एनादोलुले जानकारी दिएको छ ।यो अभियान कोरोनाभाइरसका कारण आर्थिक अवस्था खस्किएका आफ्ना कम आय भएका जनतालाई सहयोग गर्ने उद्देश्यसहित स्थापना गरिएको राष्ट्रपतिले जानकारी दिए ।
जोन होप्किन्स युनिभर्सिटीको डाटा अुनसार टर्कीमा हाल १० हजार ८ सय २७ व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्