काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ । दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई यस्तो सुझाव दिएको हो।
कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको ‘न्युक्लिसय टीम’ले आज बिहान गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका सीमा तत्काल बन्द गर्न सुझाइएको हो। नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न र संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपत्तकालिन संरचना बनाउनतर्फ पनि डब्ल्यूएचओले आग्रह गरेको छ।
यस्तै सरकारले ६६ देशबाट नेपाल आउन प्रतिबन्ध लगाएको हो । एसईई, विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित गरेको छ भने लोक सेवा आयोगले पनि सबै लिखित परीक्षा स्थगित गरेको छ । २५ जनाभन्दा बढी भेलामा प्रतिबन्ध लगाइएको छ भने सर्वसाधारणलाई भिडभाड हुने ठाउँमा नजान अपिल गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्