×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाका बेला सरकारको राहत : कृषिजन्य सामग्री ढुवानीमा २५% छुट

PRIME CA
GLOBAL IME BANK

कोरोनाका बेला सरकारको राहत : कृषिजन्य सामग्री ढुवानीमा २५% छुट

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लक डाउन अवधिमा कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ । मन्त्रालयले दूध, तरकारी, फलफूल, माछा, अण्डा, मासु तथा खाद्यान्नलगायतका सामग्री नजिकको बजार केन्द्र वा राजधानी उपत्यकामा ढुवानी गर्दा २५ प्रतिशत अनुदान स्थानीय तहमार्फत उपलब्ध गराउने भएको हो । मन्त्रालयले किसान तथा उत्पादकलाई बजार केन्द्रसम्म आफ्ना उत्पादन बिक्री गर्न सवारीसाधनको पाससमेत व्यवस्था गरेको छ । 
किसानलाई परेको मर्काको अभिलेख तयार पारी आवश्यक कार्यक्रम ल्याउन पनि मन्त्रालय लागि परेको उल्लेख गरिएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कठिन परिस्थितिमा अत्यावश्यक खाद्य सामग्रीको सहज आपूर्तिका लागि आवश्यक प्रबन्ध गरिएकाले नागरिकको दैनिकीसमेत अवरुद्ध हुन नदिन सावधानीपूर्ण ढंगले सहज आपूर्ति गराइने बताए । 
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव डा. गंगा आचार्यले सबै स्थानीय तहलाई किसानमा परेको समस्याको अभिलेख उपलब्ध गराउन पत्राचार गरिएको बताउँदै उत्पादकलाई उत्पादन नरोक्न र ढुवानीमा सहज वातावरण बनाइदिन सम्बन्धित प्रशासनसँग आग्रह गरेको जानकारी दिइन् । – रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: