×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजनीतिक आडमा खुल्लै रहेको अनामनगरको भाटभटेनी बन्द, वडाध्यक्ष ढकालले दिए यस्तो निर्देशन !

PRIME CA

राजनीतिक आडमा खुल्लै रहेको अनामनगरको भाटभटेनी बन्द, वडाध्यक्ष ढकालले दिए यस्तो निर्देशन !

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अनामनगरको भाटभटेनी सुपरमार्केट बन्द भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न उक्त भाटभटेनी बन्द गरिएको हो ।  
उक्त भाटभटेनी वरपरका साना पसलहरु बन्द भएपनि भाटभटेनी खुलै थियो । उक्त भाटभटेनी काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालको निर्देशनमा बन्द गरिएको हो । कोरोनाबाट बच्नला लागि बाहिर दूरी कायम गर्न भनिए पनि भित्र पसेपछि भने ठूलो भीड लाग्ने गरेको थियो । संक्रमण फैलने उच्च जोखिममा रहेको भन्दै वडाध्यक्षले भाटभटेनी बन्द गराउनुपर्ने बताउँदै आएका थिए । राजनीतिक पहुँचका आधारमा भाटभटेनीले दिनभर खुला गर्ने गरेको थियो ।
अनामनगरको बन्द भएपनि नक्साल, कोटेश्वर, कलंकी लगायतका ६ स्थानमा भने गत शुक्रबारबाट नियमित खुल्ला रहेका छन् । खुल्ला रहने स्थानमा दूरी कायम गरिने, भित्र १० जना भन्दा बढी जान नदिने, ग्राहकलाइ २० मिनेटभन्दा धेरै भित्र बस्न नदिने भाटभटेनीले बताएको थियो । 
यता सर्वसाधारणहरुले भने बिपन्न नागरिकले किनमेल गर्ने पसलहरु भने बन्द गराएर ठूलो सुपरमार्केटमात्रै खोल्न दिइएको भन्दै विरोध गर्ने गरिरहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: