
- अर्थ सरोकार सम्बाददाता
वैशाख । पत्रकार अर्जुन गिरीले लकडाउनका कारण प्रभावित विपन्न परिवारको चुलो बाल्न पनि सघाएका छन् । पोखराबाट संचालन हुने ताण्डव न्यूजका सम्पादक रहेका गिरीले पोखरा महानगरपालिकाको १७ र २१ जोड्ने फुस्रेखोलामाथिको निर्माणाधीन पक्की पुलमा काम गर्ने १३ भारतीय मजदुरलाई एक हप्ता पुग्ने चामल, दाल, नुन, तेल, आलु, सोयाविनलगायतका सामग्री वितरण गरेका हुन् ।
‘भारतीय मजदुरले हाम्रै लागि काम गरिरहेका छन्, भूगोलभन्दा पनि मानवीयताको नाताले उनीहरूको चिसिन थालेको चुलो तताउन सहयोग गरेको हुँ’, उनले भने, ‘ठेकेदारले गरेको सहयोग उनीहरुका लागि पर्याप्त नभएको सूचना पाएसँगै उनीहरूलाई भेटेर सहयोग गरेका हौँ ।’
सम्पादक गिरीसहित पोखरा महानगरपालिका–४ का सञ्जय श्रेष्ठ र कैलाश गुरुङसहित तीन जनाको व्यक्तिगत खर्चबाट खाद्यान्न सामग्री खरिद गरी विपन्न परिवारलाई वितरण गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्