×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली सेनाले भारतबाट औषधी ल्याउने प्रक्रिया अघि बढायो, साढे २ करोडको औषधि ल्याइने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाली सेनाले भारतबाट औषधी ल्याउने प्रक्रिया अघि बढायो, साढे २ करोडको औषधि ल्याइने !

Artha Sarokar

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाली सेनाले छिमेकी मुलुक भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधी ल्याउने भएको  । कोरोना भाइरसको उपचारका तथा नियन्त्रणका लागि आवश्यक औषधि खरिदका लागि १ करोड ५० लाख भारतीय रुपैयाँ अर्थात् नेपाली २ करोड ४० लाख बढी भुक्तानी  गर्न लागेको हो ।
नेपाली सेनाको जंगीअड्डाले बुधबार रक्षा मन्त्रालयलाई उक्त रकम भुक्तानीका लागि पत्राचार गर्ने भएको छ ।रक्षामार्फत भारतलाई रकम भुक्तानी गर्न परराष्ट्र मन्त्रालयमा पत्राचार हुने बताइएको छ । नेपाली सेनाले रकम जम्मा गरेपछि भारतले दिल्लीस्थित नेपाली दूतावासमा ५३ प्रकारका औषधि जम्मा गर्ने भएको छ ।
यता सेनाले आइतबार चीनबाट स्वास्थ्य सामग्री ल्याउन २ अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता गरिसकेको छ । ओम्नी विजनेश कर्पोरेसन इन्टरनेश्नलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो । सोहि अनुसार नेपाली सेनाले सामग्री ल्याउने लागेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी