
- अर्थ सरोकार सम्बाददाता
बारा – प्रहरीले बारामा २ जना वडा अध्यक्षसहित पाँच जनालाई पक्राउ गरेको छ । राहतका नाममा गुणस्तरहीन दाल बाँडेको आरोपमा उनीहरुलाई प्रहरीले तीन दिनअघि नै पक्राउ गरेको हो । कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिओम साह सोनार र ७ का वडाध्यक्ष सर्फुल्लाह अन्सारी, वडा २० का सचिव खेदु मियाँ, वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन र कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादवलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार उनीहरुमाथि कालोबजारी मुद्दाअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । कलैया उपमहानगरपालिका-७ मा रहेको यादव आईस एण्ड कोल्ड स्टोरमा चार वर्षदेखि भण्डारण गरी राखिएको रहरको दाल खरिदबिक्रीमा उनीहरु संलग्न रहेकोले हिरासतमा राखि बयान सुरु गरिएको प्रहरी उपरीक्षक पंगेनीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्