
रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्र्याक्टरको भाडा दर निर्धारण गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यका आधारमा समायोजन गरिएको हो । नगरपालिकाले व्यवसायीसमेतको उपस्थितिमा सरोकार पक्षसँग छलफल गरेर नयाँ भाडा दर कायम गरेको वडा नं १३ का वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिनुभयो । कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसान मर्कामा थिए ।
सर्वपक्षीय छलफलबाट ट्र्याक्टरको कल्टिभेटर जोताइ भाडा प्रतिघण्टा एक हजार २५० र रोटाभेटर जोताइ भाडा प्रतिघण्टा एक हजार ८ सय कायम गरिएको हो । यस्तै थ्रेसरको भाडा पनि प्रतिघण्टा रु एक हजार ८ सय निर्धारण भएको लुम्बिनी ट्र्याक्टर समितिका अध्यक्ष खेमप्रसाद गौतमले जानकारी दिनुभयो ।
अब नगरपालिकाले निर्धारण गरेभन्दा बढी भाडा कसैले लिन पाउने छैनन् । तोकिएभन्दा कम भाडा भने लिन सकिने छ । नगरपालिकाले ट्र्याक्टरकोे वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको थियो । यहाँ झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ । यहाँ प्रमुख खाद्यबाली धान, गहुँ र मकैको ठूलो परिमाणमा उत्पादन हुन्छ ।
स्थानीय सरकारले ट्र्याक्टरको भाडा दर निर्धारण गरेकामा किसानले खुशी व्यक्त गरेका छन् । डिजलको मूल्य, बजारको अवस्थालगायत आधारमा आगामी दिनमा भाडादर समायोजन गरेर अघि बढ्ने वडाध्यक्ष न्यौपानेले बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्