×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शनिबार बढ्यो डलरको भाउ , यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर…

PRIME CA
GLOBAL IME BANK

शनिबार बढ्यो डलरको भाउ , यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर…

२२ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । शनिबार अमेरिकी डलर भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी एकको खरिद दर १२१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय २२रुपैयाँ १८ पैसा रहेको जनाएको छ । शुक्रबार अमेरिकी एकको खरिद दर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ २० पैसा रहेको थियो ।

यस्तै शनिबार एक कुवेती दिनारको खरिददर  ३९० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ८६ पैसा तोकिएको छ भने एक बहराईन दिनारको खरिददर ३२२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२४ रुपैयाँ ०४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा हुँदा साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा छ । राष्ट्र बैंकले एक युएई दिरामको खरिददर ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा तोकेको छ ।
यस्तै एक युरोको खरिददर १३१ रुपैयाँ १५ पैसा र बिक्री दर १३१ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: