×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी ‘भिआइपी ह्याकर’को हातमा छ दर्जनौं बैंकका गोप्य विवरण, एकपटक ठग्दा केहि नभएपछि बढेको थियो ‘कन्फीडेन्स्’ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यी ‘भिआइपी ह्याकर’को हातमा छ दर्जनौं बैंकका गोप्य विवरण, एकपटक ठग्दा केहि नभएपछि बढेको थियो ‘कन्फीडेन्स्’ !

Artha Sarokar

२१ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आफैँले बनाएको न्युज पोर्टल ‘काठमाडौँ प्रेस’ ह्याक गर्ने सिरान टेक्नोलोजीको प्यारेन्ट कम्पनी एफवान सफ्टका कारण नेपालका बैंकहरु कतिको सुरक्षित छन् भन्ने प्रश्न उठेको छ । आफैंले बनाएको सिष्टममा अनाधिकृत रुपमा प्रवेश गरेर समाचार पोर्टलको समाचार हटाउन सक्ने कम्पनीले बनाएको प्रणालीबाट कतै जनताको विवरणको चोरी त भएको छैन ? भन्ने प्रश्न उठेको छ । नेपालका २२ वाणिज्य बैंक र अन्य २६ वित्तीय संस्थाको मोबाइल एप पनि सोहि कम्पनीले बनाएको अवस्थामा र उक्त कम्पनीकै सिष्टर कम्पनीले वेवसाइट ह्याक गरेको स्वीकार गरेको अवस्थामा जनताको पैसा वा विवरण चोरी हुन सक्ने सम्भावनालाई नकार्न नसकिने जानकारहरुको भनाइ छ । एफवान सफ्ट अन्तर्गतको कम्पनी सिरान टेकको यो कर्तुतले कतै ठुलो बैंकिङ हिनामिना त हुँदैन ? भन्ने प्रश्न उठाएको छ । 
केही बैंकले खर्च घटाउन एफवान सफ्टकै सर्भर प्रयोग गरेका छन् । डेटा होस्टिङको जिम्मा पनि एफवान सफ्टलाई दिएर केहि बैंकहरुले गम्भीर गल्ती गरेका छन् । ती बैंकहरुबाट हुने कुनै पनि कारोबारको पहुँच एफवानसफ्टले राख्न सक्छ । यस विषयमा सम्बन्धित निकाय बेलैमा चनाखो भएन भने कुनै पनि बेला एफवान सफ्टका मालिक अरवौं ठगेर भाग्न सक्छन् । यसअघि एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले क्यास अन एड मार्फत करोडौं रुपैयाँ ठग्दा पनि कसैले उनलाई कारवाही गर्न सकेको थिएन । यसपटक पनि उनी अरवौं पैसा लिएर भागे भने कसैले पनि समात्न सक्ने अवस्था छैन । 
‘ह्याकर’ भएको कम्पनीमा आबद्ध बैंक तथा वित्तीय संस्था कुन कुन हुन् ?
यसरी हाकाहाकी अर्काको सम्पत्तिमाथि धावा बोलेर ह्याक गर्न पछी नपर्ने टिम भएको कम्पनीमा कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, सिभिल बैंक, मेगा बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, एनसिसी बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंक, एनएमबि बैंक, प्रभु बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, सनराइज बैंक, एक्सेल डेललपमेन्ट बैंक, गरिमा विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, किसान बहुउद्देश्यीय सहकारी संस्था, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, मञ्जुश्री फाइनान्स, मुक्तिनाथ बिकास बैंक, नवकान्तिपुर सहकारी, नेपाल बहुउद्देश्यीय सहकारी, पोखरा फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सिर्जना फाइनान्स, स्टार सेभिङ एन्ड क्रेडिट कोआपरेटिभ, तिनाउ मिसन डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स रहेका छन् । 
के भन्छ राष्ट्र बैंक ?
यता नेपाल राष्ट्र बैंकका प्रवक्ता भने बैंकहरुको आइटी सुरक्षामा नियामकको विशेष ध्यान गएको बताउँछन् । ‘हामीले बैंकहरूलाई आइटीमा लगानी बढाउन, आइटीको अडिट गर्न, आइटी बलियो बनाउन बारम्बार निर्देशन दिँदै आएका छौँ । ‘अनुमगन र निरीक्षण पनि हुँदै आएको छ, हामी ग्राहकको गोपनीयता सुरक्षाप्रति गम्भीर छौँ । एफवान सफ्टका विषयमा अहिलेसम्म कुनै गुनासो आएको छैन । कुनै दिन गुनासो आएमा हामी यसलाई गम्भीर रुपमा लिएर अगाडी बढ्नेछौँ । ‘ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने । 
यता वेवसाइट ह्याक गरेको कम्पनीले स्वीकार गरेको छ । ‘काठमाण्डूप्रेसका सम्पादक र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच संवाद चलिरहेको वेला गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युज पोर्टलबाट सो समाचार हटाएको छानबिनको क्रममा पाइयो,’ सिरान टेक्नोलोजिजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटा जिम्मेवार कम्पनीका रूपमा हामी हाम्रो त्रुटिलाई स्वीकार गर्दै हामी काठमाण्डू प्रेस, सम्पूर्ण प्रेस जगत् र हाम्रो शुभचिन्तकसँग क्षमायाचना गर्दछौँ । साथै, यस्ता किसिमका त्रुटि दोहोरिन नदिन हामी नियन्त्रणका उपायलाई बलियो बनाउँदै पूर्वाधारलगायतका संयन्त्र निर्माण गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।’कम्पनीले विज्ञप्तिमार्फत भनेको छ ।

यो पनि पढ्नुहोस्
EXCLUSIVE: क्यास अन एडका नाममा एफवान सफ्टको ठगी, सञ्चालकले पारे जनताको करोडौं रुपैयाँ ‘झ्वाम्’ !

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी