×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले तोक्यो कोरोनाको उपचार गर्न देशभर अस्पताल, अब कहाँ-कहाँ हुन्छ उपचार ? (अस्पतालको नामसहित)

PRIME CA
GLOBAL IME BANK

सरकारले तोक्यो कोरोनाको उपचार गर्न देशभर अस्पताल, अब कहाँ-कहाँ हुन्छ उपचार ? (अस्पतालको नामसहित)

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड-१९)सँग सम्बन्धित उपचारका लागि अस्पतालहरु तोकेको छ । सरकारले उपचारका लागि सातै प्रदेशका विशेष, हब अस्पतालसँगै जिल्ला अस्पताल तोकेको हो । 
काठमाडौं उपत्यकाका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र सैनिक अस्पताललाई विशेष अस्पतालका रुपमा तोकिएको छ । 
स्वास्थ्य मन्त्रालयका अनुसार  प्रदेशमा रहेका प्रादेशिक अस्पतालाई विशेष उपचारका लागि तोकिएको छ ।जस अन्तर्गत प्रदेश १ मा मेची अस्पताल र उदयपुर अस्पताल, प्रदेश २ मा जनकपुर र बारा अस्पताल, बागमतीमा भक्तपुर र सिन्धुली अस्पताल, गण्डकी प्रदेशमा धौलागिरी र गोरखा अस्पतालाई विशेष अस्पताल तोकेको छ।
यस्तै प्रदेश ५ मा लुम्बिनी र तम्घास अस्पताल, कर्णालीमा सुर्खेत र दैलेख अस्पताल तथा सुदूरपश्चिम प्रदेशमा सेती र महाकाली अस्पताललाई विशेष अस्पताल तोकिएको छ । स्वास्थ्य मन्त्रालयले सबै प्रदेशमा हब अस्पताल तोकेर डाक्टर पनि खटाएको छ। 

हेनुहोस् कोरोनासँग सम्बन्धित उपचारका लागि तोकिएका अस्पताल :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: