×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्राजिलले लकडाउनका कारण नेपालमा छुटेका नागरिकलाई मंगलबार फिर्ता लाँदै !

PRIME CA
GLOBAL IME BANK

ब्राजिलले लकडाउनका कारण नेपालमा छुटेका नागरिकलाई मंगलबार फिर्ता लाँदै !

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ब्राजिलले पनि लकडाउनका कारण नेपालमा छुटेका आफ्ना नागरिकलाइ स्वदेश फिर्ता लाग्ने भएक छ । नेपालस्थित ब्राजिलियन दूतावासको पहलमा नेपाल वायु सेवा निगमको ए ३२० विमान मंगलबार ३५ जना ब्राजिलियन नागरिकलाई लिएर दिल्ली जाने बताइएको छ । दिल्लीबाट उनीहरु कसरी ब्राजिल पुग्ने छन् भन्ने विस्तृत विवरण भने आएको छैन।
यसो त लकडाउनक अवधिभर विभिन्न मुलुकका झन्डै ४ हजार बढी नागरिक स्वदेश फिर्ता भएका छन् । कोरोना भाइरस (कोभिड-१९) महामारीका रुपमा फैलिएपछि नेपालले पनि देश लकडाउन गरेको थियो । सोही कारणले नेपाल घुम्न आएका विभिन्न मुलुकका नागरिक नेपालमै छुटेका हुन् । अन्तर्राष्ट्रिय उडान बन्द भएपछि फ्रान्स, जर्मनी, बेलायत, अमेरिका तथा अस्ट्रेलियासहितका देशले नेपालमा रहेका आफ्ना नागरिक विमान चार्टर्ड गरेर स्वदेश लगेका हुन् । फ्रान्स तथा जर्मनीले चार्टर्ड गरेका विमान अरु युरोपेली देशका नागरिक पनि गएका थिए ।
लकडाउनको अवधिमा कार्गोसहित २४ अन्तरराष्ट्रिय उडान भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । चैत १० देखि २९ गतेसम्म २४ अन्तरराष्ट्रिय उडान भएका हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: