
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण चौथो संस्करणको ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ स्थगित भएको छ । नेपाल अमेरिका फिल्म सोसाइटीले जुन २६ देखि २८ सम्म अमेरिकाको म्यारिल्याण्डमा आयोजना गर्न लागेको उक्त महोत्सव कोरोना भाइरसका कारण स्थगित गरेको हो ।
कोरोनाले महामारीको रुप लिएपछि अहिले अधिकांश मुलुकहरु लकडाउनको अवस्थामा छन् । झन्डै २१० मुलुकहरुले यसको सामना गरिरहेका छन् । यस्तै कोरोनाको कहर दिन प्रतिदिन विश्वव्यापी बढ्दो रहेकोले पनि महोत्सव स्थगित गरिएको नेपाल अमेरिका फिल्म सोसाइटीले जनाएको छ । महोत्सव स्थगित भएपनि केहि भर्चुअल कार्यक्रमहरू भने आयोजना हुने आयोजकको भनाइ रहेको छ ।
कोरोनाको स्थिति सामान्य भएपछि महोत्सव पुन: आयोजना गरिने आयोजकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्