×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनको अर्थतन्त्रमा २८ वर्षमा सबैभन्दा ठूलो गिरावट, जीडीपी ६.८ प्रतिशतले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चीनको अर्थतन्त्रमा २८ वर्षमा सबैभन्दा ठूलो गिरावट, जीडीपी ६.८ प्रतिशतले घट्यो

Artha Sarokar

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • एजेन्सी
काठमाडौं । चीनको जीडीपी सन् २०२० को पहिलो त्रैमासमा ६.८ प्रतिशतले घटेको छ । यो गिरावट सन् २०१९ को पहिलो त्रैमासको तुलनामा कमी आएको हो । तर यदी पछिल्लो त्रैमासको तुलनामा भने यो गिरावट ९.८ प्रतिशत हो । चीनमा १९९२ देखि आधिकारिक रुपमा त्रैमासिक रुपमा आँकडा राख्न शुरु गरिएको थियो । संघाईस्थित बीबीसी संवाददाता रोबिन ब्रेटका अनुसार कोरोना महामारी फैलिएपछि चीनले आधिकारिक आँकडा जारी गरेको हो । अन्य देशले अहिलेसम्म कोरोना भाइरसका कारण कति क्षति भयो भन्ने आँकडा सार्वजनिक गरेका छैनन् ।
चिनियाँ अधिकारीहरुका अनुसार अर्थव्यवस्थामा गिरावट आए पनि रोजगार भने स्थिर छ । चीनमा अहिले बेरोजगार दर ६.२ प्रतिशत छ । तर चीनले जारी गरेको उक्त आँकडालाई विश्वास गर्न सकिने वा नसकिने प्रश्न उठेको छ । किनभने सरकारी आँकडा प्रस्तुत गर्ने विषयमा चीनको छवी विगतका वर्षहरुमा पनि राम्रो छैन ।
चीनले जारी गर्ने आँकडाले असल अर्थव्यवस्थाको साटो एक संकेत वा दिशा मात्रै दिने आलोचकहरु बताउँछन् । चीनका अनुसार कोरोना भाइरसका कारण केही समय अर्थव्यवस्था प्रभावित भए पनि दीर्घकालीन रुपमा भने विकासमा यसले असर पार्ने छैन ।
चीनको अर्थव्यवस्थाको जग बलियो भएकाले यसका कुनै पनि प्रकारको परिवर्तन नहुने दाबी गरिएको छ । साथै आर्थिक सुधारबाट घरेलू मागमा बढोत्तरी हुने उल्लेख समेत गरिएको छ । शुक्रबार (आज) जारी गरिएको सरकारी आँकडा अनुसार यो पछिल्लो तीन दशकमा पहिलो पटक यती ठूलो गिरावट आएको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी