- एजेन्सी
काठमाडौँ – भारतको हैदराबादस्थित एउटा औषधि कम्पनीबाट खुसीको खबर आएको छ । भारतको हैदराबादमा कोरोना भाइरसविरद्धको औषधि बनेको छ । अमेरिका र चीनबीच कोरोना भाइरसविरद्धको औषधि कसले पहिला बनाउने होड चलिरहेकै बेला भारतबाट यस्तो खुसीको खबर आएको छ ।
हैदराबादस्थित भारत बायोटेक कम्पनीले कोरोनाविरुद्धको औषधि तयार पारिसकेको हो । अहिले यो औषधि अमेरिकामा जनावरमा परीक्षण सुरु भइसकेको छ । यो परीक्षण करिब ६ महिनासम्म चल्नेछ । यदि यो परीक्षण सफल भएमा भारतमा यो औषधिको परीक्षण मानिसमा गरिनेछ । मानिसमा गरिएको परीक्षण पनि सफल भएमा सन् २०२० भित्रै नै यो औषधि बजारमा उपलब्ध हुने सम्भावना बढेको छ।
यो औषधि एउटा नोजल ड्रप्सका रुपमा आउनेछ। यसको एक थोपा नाकमा हाल्नुपर्छ । कोरोफ्लुनामक यो औषधि कोरोनासँगै अन्य फ्लुको उपचारमा पनि प्रयोग हुने कम्पनीका सीएमडी डा कृष्णा एलाले बताए। ‘कोरोनाभाइरसको जीवणु मानिसको नाकहुँदै शरीरमा प्रवेश गरेर फोक्सोमा पुगेर संक्रमण गर्ने भएकोले हामीले नाकबाटै दिइने औषधिको विकास गरेका हौँ’, उनले भने, ‘यदि यो उपचार पद्धतिको परीक्षण सफल भएमा कोरोनाभाइरस रोकथामका लागि प्रभावित साबित हुनेछ।’
कम्पनीले यो मल्टी डोज भ्याक्सिनका रुपमा विकास गरेको छ। एउटा बोतलमा करिब १० देखि २० थोपा झोल औषधि हुनेछ। यो विधि सरल पनि छ। डा. एलाका अनुसार कम्पनीले हरेक वर्ष ३० करोड डोज बनाउने तयारी गरिरहेको छ। यो औषधिको परीक्षण सफल हुनेमा विश्वास व्यक्त गर्दै डा एलाले यसले मानिसमा कोरोनाभाइरसको फ्लुविरुद्ध प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्ने दाबी गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्