×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशमा जोखिममा रहेका नेपालीको उद्धार गर्न सर्वोच्चको आदेश

PRIME CA
GLOBAL IME BANK

विदेशमा जोखिममा रहेका नेपालीको उद्धार गर्न सर्वोच्चको आदेश

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएका नेपालीलाई फिर्ता ल्याउन तथा उद्दार गर्न अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतले कोरोना प्रभावित महामारी फैलिएको मुलुकहरुमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई दूतावास वा श्रम सहचारी मार्फत उनीहरुको स्वास्थ्य स्थितीको प्रतिवेदन तत्कालै तयार पार्न आदेश दिएको छ ।
साथै विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम स्वास्थ्य सेवा-उपचार भेदभावरहित तरिकाले प्राप्त गर्न परराष्ट्र मन्त्रचालयमार्फत कुटनीतिक सञ्चार र समन्वय गर्न पनि आदेश दिइको छ । ‘वैदेशिक रोजदगारीमा रहेका अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमबाट संरक्षण गर्न नागरिकको व्यक्तिगत अधिकार तथा बहुसंख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्दै सुक्ष्म, गम्भीर एवम संवेदनशिल तरिकाले बिना भेदभाव, बिना स्वेच्छाचारी, विवकेपूर्ण तरिकाले नियमन र नियन्त्रणको सर्त बन्देज सहित फिर्ता ल्याउनेरउद्दारका लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न अन्तरिक आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: