×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीका कोरोना संक्रमित देवर भाउजुका परिवारका अन्य सात सदस्यको ‘रिपोर्ट’ यस्तो आयो…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धनगढीका कोरोना संक्रमित देवर भाउजुका परिवारका अन्य सात सदस्यको ‘रिपोर्ट’ यस्तो आयो…

Artha Sarokar

२३ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली- धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । परिवारका आठ सदस्यको थ्रोट स्वाब सङ्कलन गरिएकामा शनिबार उनकी ३४ वर्षीया भाउजुको रिपोर्ट पोजेटिभ आएको थियो ।  सेती प्रादेशिक अस्पतालले अन्य सातको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । संक्रमित युवककी श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको छ । 
धनगढीका सक्रमित युवक दुबईबाट चैत ७ गते नेपाल आएका थिए । दिल्लीबाट काठमाडौँ आउँदा उनी चढेको जहाजमा १०८ नेपाली थिए । नेपालगञ्जबाट अत्तरिया हुँदै उनी हसनपुरस्थित घर पुगेका थिए । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ । नेपालमा कोरोना सक्रमितको संख्या ९ पुगेको छ भने १ जना निको भएर घर फर्किसकेका छन् ।  
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी