×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए’ : स्वास्थ्य मन्त्रालय

PRIME CA

‘थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए’ : स्वास्थ्य मन्त्रालय

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइतबार थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले नियमित पत्रकार सम्मेलनमार्फत वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएको बताएका हुन् ।
डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक रहेका छन् । उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनीहरुसंगै निको हुनेको संख्या १६ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: