- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले दुबै अध्यादेश फिर्ता लिने अध्यादेश फिर्ता लिएको छ । चौतर्फी विरोधपछि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
सरकारले वैशाख ८ गते दुवै अध्यादेश जारी गरेको थियो । वैशाख ८ गते बेलुकानै सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो । अब सरकारले दुबै अध्यादेश फिर्ता लिने अध्यादेश फिर्ता लिएसंगै सरकारकै सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।