
काठमाडौं । सरकारले ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्ध गरेपछि अब जी टू जीबाट सामाग्री खरिद गर्ने भएको छ । जी टू जीबाट सामान ल्याउने र यसको जिम्मा सेनालाई दिने भन्ने कुरा आएकाले हामीले प्रक्रिया अघि बढाएनौं, विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भने, ‘हिजो रद्द गरेपछि आज पुन: नयाँ सूचना निकाल्न लागेका थियौं । तर, अब सबै सामान सेनाले नै खरिद गर्ने भन्ने जानकारी पाएपछि सूचना निकालेनौं ।’
उनले अबको बाँकी खरिद सेनाले गर्ने भन्ने जानकारी आफूले बिहीबार बिहानमात्रै पाएको स्पष्ट पारे । यसका लागि बिहीबार नै उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोकत्वको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गर्ने स्रोतको भनाइ छ ।
ओम्नी समूहले समयमै सामाग्री दिन नसकेको र ल्याएका सामान पनि गुणस्तरीय नभएको भन्दै विभागले बुधबार सम्झौता तोडेको थियो । समूहले तीन चरणमा गरि कोभिड १९ को उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा उपकरण ल्याउने जिम्मा पाएको थियो । यसमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्ति सुरक्षा उपकरणका सामाग्री तथा कोरोना परीक्षण किट समेत थिए । सरकार र आयातकर्ताबीच भएको सम्झौतामा १ अर्ब २४ करोड बराबरका उक्त सामग्री तीन पटकमा नेपाल ल्याइसकिने उल्लेख थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्