×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको असर : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावित

PRIME CA
GLOBAL IME BANK

कोरोनाको असर : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावित

२३ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार संम्बाददाता
काठमाडौं । कोरोना भाइरसका कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ ।  चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च ३१ सम्म निर्माण कार्य सकिने अन्तिम म्याद भएपनि कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनका जारीका कारण काम प्रभावित भएको हो । विमास्थलको निर्माणमा धावन मार्ग, अन्तराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको भएपनि लकडाउनका कारण थप काम गर्न समस्या रहेको निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कार्यमा स्थानीय मदजुरहरु लकडाउनका कारण घर फर्किसकेको, नदीजन्य पदार्थ निकासी गर्न नपाएको र विमानस्थलमा जडान गर्न खरिद गरेका उपकरणहरु ल्याउन नपाएपछि निर्माण कार्य प्रभावित बनेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डर मार्फत विमानस्थल निर्माण कार्यको जिम्मा लिएको हो, जसको सन २०१७ डिसेम्बर सम्ममा निर्माण कार्य सम्पन्न गुर्नपर्ने सम्झौता रहेको थियो । 
तर निर्माण कम्पनीले मधेस आन्दोलन, भारतीय नाकाबन्दी र आन्तरिक कारण देखाउँदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ । यो चारपटक थपेको म्यादमा पनि विमानस्थल निर्माण कार्य सक्न गाह्रो भएको आयोजना प्रमुख अधिकारीले बताए । एसियाली बिकास बैंक (एडिबि)को सहयोगमा निर्माण भइरहेकको यो विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्दा ठूलो विमानस्थल हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: