×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना रोकथाम तथा उपचार कोषमा आईक्यानको १ करोड सहयोग, विद्यार्थीका लागि भर्चुअल कक्षा चलाउने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना रोकथाम तथा उपचार कोषमा आईक्यानको १ करोड सहयोग, विद्यार्थीका लागि भर्चुअल कक्षा चलाउने

Artha Sarokar

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईं (वाया) मार्फत कोरोना रोकथाम तथा उपचार कोषमा उपलब्ध गराएको १ करोड रुपैयाँको चेक हस्तान्तरण गर्दै आईक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य । साथमा आईक्यानका कार्यकारी निर्देशक सन्जय सिंन्हा (दाया) । तस्बिरः आईक्यान । 

काठमाडौं – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । 
आइक्यान अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार उक्त सहयोग रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईंमार्फत सरकारलाई हस्तान्तरण गरिएको छ । आईक्यान परिषदको गत चैत ३० गते बसेको ‘भर्चुअल’ बैठकले कोराना कोषमा १ करोड रुपैया सहयोग गर्ने निर्णय गरेको थियो । 
परिषद बैठकले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बैदेशिक भ्रमण नियन्त्रण र अन्य खर्चहरु कटौति गर्ने समेत निर्णय गरेको छ । कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्तिबाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । ‘यसबाट कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई केही राहत पु¥याउने हाम्रो विश्वास छ,’ आचार्यले भने। 
आईक्यानले अध्ययन प्राविधिक समिति बनाउने 
आईक्यानले कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय गरेको छ । कोरोना भाइरसको प्रभावपछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकोले त्यसको रणनीति तयार गर्न प्राविधिक समिति बनाउन लागिएको आचार्यले जानकारी दिए । लेखा व्यवसाय र लेखा तथा लेखापरीक्षणमान कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गर्नेछ ।
विद्यार्थीका लागि भर्चुअल कक्षा चलाउने 
आईक्यानले ‘अनलाइन लर्निङ्ग प्लेटफर्म’ तयार गरी भर्चुअल टे«निङ्गका साथै विद्यार्थीका लागि ‘भर्चुअल’ कक्षा व्यवस्थापन भएको छ । भविष्यमा पनि यसरी नै तालिम तथा विद्यार्थीलाई कक्षा संचालन गर्न सक्ने गरी व्यवस्थापन गर्न लागिएको आइक्यानको तयारी छ । आईक्यानले विदेशी लेखा व्यवसायी संस्थासँग सहकार्य गरेर सदस्यलाई भर्चुअल टे«निङ्ग र सो का आधारमा सदस्यले अनिवार्य रुपमा लिनु पर्ने अनवरत व्यावसायिक शिक्षा (सिपिई) को क्रेडिट आवर प्रदान गर्ने समेत निर्णय गरेको आचार्यले जानकारी दिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी