×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘जे पे गर्दा पनि आइएमई पे’ : जुनसुकै बीमा कम्पनीबाट बीमा गर्दा पनि आइएमई पेबाट पैसा तिर्न सकिने !

PRIME CA

‘जे पे गर्दा पनि आइएमई पे’ : जुनसुकै बीमा कम्पनीबाट बीमा गर्दा पनि आइएमई पेबाट पैसा तिर्न सकिने !

७ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना बीमा २० वटै निर्जीवन बीमा कम्पनीहरुबाट गर्न सकिने भएको छ । कोरोनाको बीमालेख बिमितहरुले आइएमई पेमार्फत घरमै बसेर खरीद गर्न सक्नेछन् । आज बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना भाइरस (कोभिड–१९) रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारीक सुरुवात गरेका हुन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बीमा कम्पनीहरुले अनलाइन मार्फत बीमा योजना खरिद गर्ने व्यवस्था गरेका हुन् । उक्त बीमालेख खरीदको लागि कुनै मोडिकल रिर्पोटको आवश्यक नपर्ने आइएमई पेले जनाएको छ । बीमालेखलाई दुई श्रेणीको बीमाङ्कमा कायम गरिएको छ । पहिलो बीमालेख १ लाख रुपैयाँको बीमाङ्कको छ भने उक्त पोलिसि खरिद गर्नका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ लाग्ने छ । यस्तै पारिवार वा संस्थागत रुपमा बीमा गरिन्छ भने प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्ने छ । यस्तै दोस्रो बीमालेख ५० हजार रुपैयाँको छ । 
उक्त बीमालेख खरिद गर्न प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामुहिक बीमा गर्न प्रतिव्यक्ति ३ सय रुपैयाँ लाग्नेछ । बीमा दाबीका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: