×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी वकिल कार्यालयले पनि लिएन बस्नेत, श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध जाहेरी

PRIME CA

सरकारी वकिल कार्यालयले पनि लिएन बस्नेत, श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध जाहेरी

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । दुई घण्टा लामो छलफलमा पनि सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले दर्ता गर्न नमानेको बताइएको छ ।
पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवसँगै उजुरी दिन बबरमहल पुग्नेमा पार्टी नेता उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायतका नेता सरकारी वकिलको कार्यालय पुगेका थिए । यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो । बस्नेत, श्रेष्ठ र खनालले यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । डा. यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताएका छन् ।
समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन् । यता खनाल, श्रेष्ठ र बस्नेतले भने यादवकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: