Skip to content
LAXMI SUNRISE BANK

लकडाउनका बेला मौकामा चौका हान्ने औषधी पसलहरुलाई २ लाख रुपैयाँ जरिवाना

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – त्रिपुरेश्वरमा औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा दुई पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अनुगमनका क्रममा औषधि तथा स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको पाइएपछि दुई पसललाई कारबाही गरेको जानकारी दिए ।
त्रिपुरेश्वरमा रहेको शिरिष सप्लायर्सले थर्मल गन बढी मूल्यमा बिक्री गरेको पाइएको र त्रिपुरेश्वरकै इन्टरनेशनल प्याथो साइन्टिफिक ट्रेडर्सले सोडियम हाइपोक्लोराइड बढी मूल्यमा बिक्री गरेको पाइएपछि विभागले कारबाही गरेको उनले बताए । उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम दुवै पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK