
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – स्रोत नखुलेको भारतीय रुपैँयासहित पक्राउ परेका २ जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका उनीहरुले जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको हो ।
भारत बैरातपुर बस्ने ३१ वर्षीय विजय चौधरी र नहेटी बस्ने ३८ वर्षीय शङ्कर सरकारलाई कारागार चलान गरिएको हो । राजश्व अनुसन्धान कार्यालय पथलैयाले दायर गरेको मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालत मकवानुरले उनीहरुलाई जनही १७ लाख रुपैँया धरौटी मागेको थियो ।
गत चैत ५ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलिले हेटौंडा–१५ रातोमाटेबाट वीरगञ्जतर्फ जाँदै गरेको डब्लु बि २३ इ २३३३ नम्बरको भारतीय बोलेरोमा उक्त रकम बरामद भएपछि बालेरोसहित उनीहरुलाई पक्राउ गरेको थियो ।
कानून विपरित प्रतिबन्धित भारु बोकेको र रकमको स्रोत पनि नखुलेकाले उनीहरुलाइआवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्