
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काष्ठमण्डप खाद्य उद्योगले आफ्नो गल्तीका कारण भाटभटेनीमाथि कारबाही भएको भन्दै क्षमायाचना गरेको छ । उद्योगले आज एक विज्ञप्ति जारी गर्दै यस्तो गरेको हो । सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टंगालस्थित भाटभटेनी सुपरमार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको थियो ।टेकुमा रहेको उक्त उद्योगले भाटभटेनी सुपरमार्केटलाई विगत १० वर्षदेखि नेवार समुदायको लोकप्रिय खानेकुरा लाखमरी, तिलको लड्डु, ऐंठे, रोट, पञ्जाफी, अनरसा लगायत सप्लाई गर्दै आएको छ।
विज्ञप्तिमा ‘“भाटभटेनी सुपरमार्केटमार्फत बिक्री हुने हरेक सामानमा सोको मूल्य उल्लेख हुने र भाटभटेनीले हरेक वस्तुको मूल्य पहिचानका लागि बारकोड प्रयोग गर्ने गरेको छ । हामीले सप्लाई गरेको लाखामरीमा पनि बारकोडसहित मूल्यको स्टिकर टाँसिएको छ । यस्तो बारकोड र मूल्यको स्टिकर टाँस्ने कार्य मूलतः भाटभटेनी आफैंले गर्ने गरे पनि यसपटक लकडाउनको प्रतिकूल अवस्थामा उक्त बारकोडको स्टिकर टाँस्ने जिम्मा हामीलाई दिएको थियो । लकडाउनका कारण हाम्रा अधिकांश कर्मचारी काममा आउन नसकेको र सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको र सोही वस्तु अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले फेला पारेर भाटभटेनीमाथि कारवाही भएको हो । पछिल्लोपटक यस उद्योगले २०७७ वैशाख १० गते भ्याट बिल नम्बर ८३५ मार्फत आपूर्ति गरेको ५० प्याकेट लाखमरीमा फरक स्टिकर टाँसिएको पनि प्रस्ट पार्दछौं ।” भनिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्