×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किशोर श्रेष्ठसँग ‘अर्थ-वार्ता’ : ‘बैंकबाट लोन लिएको छैन, बीमा गरेको थिएँ, झ्याउँलाग्दो भएर छोडिदिएँ’ (भिडियो)

PRIME CA

किशोर श्रेष्ठसँग ‘अर्थ-वार्ता’ : ‘बैंकबाट लोन लिएको छैन, बीमा गरेको थिएँ, झ्याउँलाग्दो भएर छोडिदिएँ’ (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार

  • अर्थ सरोकार सम्बाददाता 
किशोर श्रेष्ठ, अर्थात प्रेस काउन्सिल नेपालका अध्यक्ष । लामो समयदेखि पत्रकारितामा क्रियाशील श्रेष्ठ नेपालका साप्ताहिक पत्रिकाहरुमध्ये नम्बर १ साप्ताहिक पत्रिका ‘जनआस्था’का सम्पादकसमेत हुन् । प्रेस स्वतन्त्रताका लागि खरो उत्रने व्यक्तित्वका रुपमासमेत परिचित श्रेष्ठसँग हामीले उनका आर्थिक पाटोलाई समेट्ने प्रयास गरेका छौँ । 
१. किशोर श्रेष्ठले धेरै पैसा कमायो, धेरै बैंकमा पैसा छ भन्छन् नि ?
कहाँ कहाँ रहेछ देखाईदिनुहोस् न त ! म कतैबाट बसाइ सरेर आएको मान्छे होइन । ललितपुरमा म हुनेखाने परिवारकै सदस्य हुँ । म आजका दिन पनि साप्ताहिक पत्रिकामध्ये नम्बर १ पत्रिका चलाउँछु । विज्ञापन छापेर, पत्रिकाको सर्कुलेसनबाट हुने कमाइबाट गुजारा चलाउने मान्छे हुँ म । कसले के आरोप लगाउँछ, त्यो उसको कुरा होला, तर किशोर श्रेष्ठले एक रुपैयाँ पैसा पनि न्युजसँग सौदावाजी गरेर कमाएको छैन र कमाउँदैन पनि ।
२. पहिलोपटक बैंक खाता कहिले खोल्नुभएको थियो ? सम्झना छ ?
नेपाल बंगलादेश बैंकको पुतलीसडकमा मैले करिव २५ बर्ष अगाडी खाता खोलेको थिएँ । मेरो साथी भाइराजा तुलाधार त्यहाँको मेनेजर हुनुहुन्थ्यो । अहिले उहाँ प्राइम कमर्सियल बैंकमा हुनुहुन्छ । अहिले प्रेस काउन्सिल नेपालको तलवचाहिं ग्लोबल आइएमइ बैंकमा जान्छ । अरु सानातिना खाताहरु होलान् । 
३. पच्चीस बर्ष अगाडिको बैंकिङ र अहिले के फरक देख्नुहुन्छ ?
बैंकिङ सेक्टर बुम भएको देख्छु म । सबैजसो बैंकहरुले निकै राम्रो नाफा कमाइरहनुभएको छ । नाफा कमाएर नै होला ठुला व्यापारीहरुले पनि बैंकमा लगानी गरिरहेका छन् । बैंकको पहुँच बढेको छ । समग्रमा अहिलेको स्थिति निकै राम्रो छ । २५ बर्षभन्दा पहिलाको तुलनामा अहिलेको बैंकिङ सेक्टर निकै बिकसित छ । अहिले हिजोको जस्तो लक्ड इकोनोमीको स्थिति पनि होइन । आजको समय भनेको खुला प्रतिष्पर्धाको हो । सोहि अनुसार स्कोपपनि बढेको छ । 
४. आजसम्म बैंकबाट लोन लिनुभएको छ कि छैन ?
छैन । बैंकबाट लोन लिनुपर्ने गरी कुनै काम गर्नुपरेको छैन । 
५. बीमा गर्नुभएको छ कि छैन ?
गरेको थिएँ । मेटलाइफमा धेरै अघि बीमा गरेको थिएँ । बीचमा म दुर्घटनामा पनि परेको थिएँ । त्यो बेला पनि क्लेम लिइन । अहिले त्यो खाता नै खारेज भएको छ । महिनै पिच्छे तलवबाट काटेर पैसा बुझाउनुपर्दा झ्याउँ लाग्यो । अहिले कतै बीमा गरेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: