×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु, १० हजार बढी सक्रमित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु, १० हजार बढी सक्रमित

Artha Sarokar

२२ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • रासस 
काठमाडौँ – कोरोना भाइरसका कारण कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत उनमा कोरोना संक्रमण भएको पाइएपछि उनी मार्च १९ देखि ख्याङ्बुक नेशनल युनिभर्सिटी अस्पताल थेगुमा उपचाररत थिए । उनलाई आफ्नो मेडिकल क्लिनिकमा आएका संक्रमितको जाँच गर्ने क्रममा संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।
कोरियामा कोरानाका कारण शुक्रबारसम्म उनीसँंगै मृत्यु हुने १७४ जना पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ । त्यहाँ हालसम्म संक्रमित १० हजार ६२ छन् । दक्षिण कोरियामा कोरोना भाइरस नियन्त्रणमा आइरहेको खबर सार्वजनिक भइरहेका बेला चिकित्सकको मृत्युले सिङ्गो चिकित्सा क्षेत्रले शोक मनाइरहेको उनका सहकर्मीले जनाएका छन् । उनीहरूले भनेका छन्, ’हामी हाम्रो सहकर्मीको उच्च सम्मान गर्दै कोरोनासँग डटेर लड्ने छौँ । कोरोना संक्रमित प्रत्येक बिरामी उपचारपछि सकुशल अस्पतालको ढोकाबाट मुस्कुराउँदै बिदा नभएसम्म हामी निरन्तर खट्ने छौँ ।’ कोरियामा कोरोना संक्रमणका कारण चिकित्सकको मृत्यु भएको यो पहिलो घटना हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी