×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारसम्म कोरोना कोषमा जम्मा भयो २२ करोड रुपैयाँ, हेनुहोस् कसले कति जम्मा गरे ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मंगलबारसम्म कोरोना कोषमा जम्मा भयो २२ करोड रुपैयाँ, हेनुहोस् कसले कति जम्मा गरे ?

Artha Sarokar

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मङ्गलबारसम्म रु २२ करोड ३२ लाख ३७ हजार ५६९ जम्मा भएको छ । सरकारले गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दैनिक कोषमा रकम जम्मा भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कोषमा मङ्गलबारमात्र नेपाल औद्योगिक महासङ्घले रु ५० लाख, रु एक लाखभन्दा कम दिएकाबाट रु एक करोड नौ लाख २९ हजार २४ जम्मा भएको छ । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् । 
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाबराबरको रकम उक्त कोषमा जम्मा गरिसक्नुभएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी