
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मङ्गलबार मात्र एक करोड ३५ लाख तीन हजार ४२० कोषमा जम्मा भएको हो ।
मङ्गलबार मात्रै एभरेष्ट बैंकले ६० लाख, राष्ट्रिय योजना आयोगले चार लाख ६६ हजार २३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट तीन लाख ९२ हजार ९१३, भेरी प्राविधिक शिक्षालय दुई लाख ९४ हजार ८५५, न्याय हेल्प नेपाल रु दुई लाख ७१ हजार २०, नाम नामेसी नखुलेका तथा रु एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट रु ४५ लाख ५८ हजार ५९ सङ्कलन भएको छ । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका सहयोग पु¥याउन कोष स्थापना गरेको हो ।
कोषमा सङ्कलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्नेछ भने कोषमा रकम जम्मा हुने काम जारीनै छ । अहिले नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्