- अर्थ सरोकार सम्बाददाता
विरगञ्ज – विरगञ्जमा बसेका तीन जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि प्रदेश २ मा लकडाउनलाई कडाई गरिने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतबाट आएर विरगञ्जमा बसेका तीन जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि लकडाउनलाई अझै कडाइ गरिने बताएका हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश नेतृत्वले सीमा नाकासहितका क्षेत्रमा लकडाउन थप प्रभावकारी बनाउन काम सुरु गरिसकेको मुख्यमन्त्री राउतले जानकारी दिए ।