Skip to content
LAXMI SUNRISE BANK

लकडाउन उल्लंघन गर्दै कपिलवस्तुको मस्जिदमा नमाज पढ्ने १४ जना पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कपिलवस्तुको मायादेवी गाउँपालिका–७ स्थित मस्जिदबाट १४ जनालाई नियन्त्रणमा लिएका छन् । लकडाउन उल्लंघन गर्दै मस्जिदमा  सामूहिक नमाज पढ्ने १४ जनालाई आइतबार दिउँसो १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय, बकडीबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने सबै मायादेवी गाउँपालिका–७ का स्थानीय हुन् । कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लक डाउनलाई उल्लंघन गरेको, सामाजिक दुरी कायम नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
उनीहरूलाई अहिले तौलिहवा वडा प्रहरी कार्यालयमा राखिएको छ । कोरोना भाइरसविरुद्ध लड्न सरकारले लकडाउनको घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले धार्मिकस्थलमा भीडभाड नगर्न सार्वजनिक अपिल गर्दै आएको छ । प्रशासनको आग्रहपछि पनि मस्जिद, मन्दिरलगायतमा भीडभाड बढेपछि नियन्त्रण प्रयास थालिएको प्रहरीले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK