×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको सामाजिक कार्य : कोरोनासँग लड्न सरकारलाई दियो १ करोड ६ लाख रुपैयाँ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

माछापुच्छ्रे बैंकको सामाजिक कार्य : कोरोनासँग लड्न सरकारलाई दियो १ करोड ६ लाख रुपैयाँ

Artha Sarokar

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि माछापुच्छ्रे बैंकले १ करोड ६ लाख रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको छ । केन्द्रिय सरकार अन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५१ लाख र ७ वटै प्रदेश सरकारलाई ५-५ लाख रुपैयाँका दरले कुल ३५ लाख रकम सहयोग गरेको छ ।
बैंकले विहिबार ७ वटै प्रदेश सरकारका मुख्यमन्त्रीहरुलाई ५-५ लाखका दरले कुुल ३५ लाखको चेक हस्तान्तरण गरेको हो । यसअघि बैंकले आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाण्डौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाण्डौ र भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकी सहित हातधुने ठाउँको व्यवस्था गरेको थियो । स्थानीय निकायहरुको समन्वयमा बैंकले दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराएको हो । उक्त कार्यहरुमा बैंकले २० लाख रुपैयाँ खर्च भएको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी