×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटनमन्त्री भट्टराईको निर्देशन : ‘चार्टर्ड फ्लाइट बापतको कसिमन एजेन्टलाई नदिनुहोस्’

PRIME CA

पर्यटनमन्त्री भट्टराईको निर्देशन : ‘चार्टर्ड फ्लाइट बापतको कसिमन एजेन्टलाई नदिनुहोस्’

२४ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अस्ट्रेलियामा नेपाल एयरलाइन्सले गरेको चार्टर्ड उडानमा एजेन्टका रुपमा काम गरेको बोन ट्राभल्सको कमिसन तत्कालका लागि रोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई तत्काल नदिन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका हुन् ।
अस्ट्रेलियन दूतावासले न्युजिल्यान्ड र अस्ट्रेलियाका दुई सय ७४ नागरिकलाई स्वदेश लैजान नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरेको थियो । टिकेटिङ व्यवस्थापन गरेको बोन ट्राभल्सलाई कमिसनबापतको भुक्तानी रोक्न मन्त्री भट्टराईले निगमलाई निर्देशन दिएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ । 
नेपाल एयरलाइन्सको वाणिज्य विभागले भने अस्ट्रेलियन दूतावासले नै चार्टर्ड सेवा सहजीकरणका लागि बोन ट्राभल्सलाई एजेन्ट नियुक्तिका लागि लेखेको पत्रका आधारमा बोन ट्राभल्सलाई ‘एजेन्ट’ तोकिएको बताएको छ । मन्त्री भट्टराईले एजेन्ट घुसाएको विषयमा सबै तथ्य र प्रक्रिया स्पष्ट पार्न नेतृत्वलाई आग्रह गरेका छन् । नियतबद्ध रुपमा एजेन्ट घुसाएर अनियमितता भएको भए संग्लनलाई कारबाही गर्ने मन्त्री भट्टराईको भनाइ छ ।
नेपाल एयरलाइन्सका अनुसार अस्ट्रेलियन दूतावासले दिएको काठमाडौं–अस्ट्रेलिया–काठमाडौं उडानबापतको चार लाख ३९ हजार दुई सय डलर र प्रत्येक यात्रुको करसमेत पाँच करोड ४८ लाख ४३ हजार रुपैयाँ निगमको खातामा आइसकेको छ ।
बोन ट्राभल्सले ‘एजेन्ट’का रुपमा काम गरेबापत ५ प्रतिशत अर्थात् २७ लाख ४५ हजार सात सय ७० रुपैयाँ पाउनुपर्छ । निगमका निमित्त महाप्रवन्धक गणेशबहादुर चन्दका अनुसार अस्ट्रेलियन दूतावासले तिरेको पैसा निगमको खातामा जम्मा भइसकेको छ । तर, बोन ट्राभल्सलाई कसिमनबापतको रकम दिइएको छैन ।
गत बुधबार निगमको जहाज काठमाडौंबाट अस्ट्रेलियन नागरिक बोकेर अस्ट्रेलियाको ब्रिसबेन उडेको थियो । नेपाल एयरलाइन्सले प्रतिघण्टा १८ हजार एक सय डलरका दरले शुल्क लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: