Skip to content
LAXMI SUNRISE BANK

लकडाउनबारे निर्णय गर्न २ बजे बोलाईएको मन्त्रिपरिषद् बैठक ५ बजेलाई सर्‍यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – आज दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण मन्त्रिपरिषद बैठक ३ घण्टा पर सारेर साँझ ५ का लागि बोलाइएको हो ।

मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्रीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिससएमसी)सँग छलफल गर्ने बताईएको छ । आजको मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्ने बताइएको छ । शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिएको थियो।

यसअघि सरकारले घोषणा गरेको लकडाउन वैशाख १५ गते सकिँदैछ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK