
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पनि आफ्नो एक वर्षको पारिश्रमिक कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत यसको घोषणा गरेका हुन् ।
श्रेष्ठले दुई महिनाको पारिश्रमिक कोभिड १९ राहत कोष र बाँकी १० महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।
श्रेष्ठले सामाजिक सञ्जालमा ‘हामी अहिले कोभिड-१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं । यसबेला एकतावद्द भई आ-आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी छ । यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी बिपन्न बर्ग केन्द्रित आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु ।’ लेखेका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्