
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । लकडाउनका बेला नेपाल आयल निगमको प्रदेश एक डिपोले हप्ताको दुई दिन पेट्रोलियम पदार्थ बिक्री गर्ने भएको छ । निगमको प्रादेशिक डिपो विराटनगरले आइतबार र शुक्रबार पेट्रोलियम पदार्थ बिक्री गर्ने जनाएको हो ।
शुक्रबार (आज) एक विज्ञप्ति जारी गर्दै लकडाउनको अवधिमा सञ्चालन हुने यातायातका साधनहरुलाई पेट्रोलियम पदार्थको अभाव नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको डिपोले जनाएको छ । पेट्रोलियम पदार्थको मौज्दात पर्याप्त रहेकाले पूर्वी नेपालमा आगामी अढाइ महिनासम्म इन्धन अभाव नहुने विराटनगरस्थित आयल निगम कार्यालयले जनाएको छ ।
निगमको प्रादेशिक कार्यालयका सहायक प्रबन्धक पर्शुराम अधिकारीका अनुसार, विराटनगर डिपोमा ८५ प्रतिशत पेट्रोलियम पदार्थ भण्डारण रहेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्